स्वरोजगार लघुवित्तको लाभांश घोषणा

<p>काठमाडौं । स्वरोजगार लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्षको लाभांश घोषणा गरेको छ । संस्थाले आर्थिक वर्ष २०७६/७७ को नाफाबाट चुक्ता पुँजीको १३.९७ प्रतिशत लाभांश दिने घोषणा गरेको हो । मंसिर १३ गते बसेको बैंक सञ्चालक समितिको बैठकले उक्त निर्णय गरेको हो । बैठकले सेयरधनीलाई १३.२७३ प्रतिशत बोनस र ०.६९८ प्रतिशत नगद-कर प्रयाेजनकाे लागि) गरी [&hellip;]</p>

काठमाडौं । स्वरोजगार लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्षको लाभांश घोषणा गरेको छ । संस्थाले आर्थिक वर्ष २०७६/७७ को नाफाबाट चुक्ता पुँजीको १३.९७ प्रतिशत लाभांश दिने घोषणा गरेको हो ।

मंसिर १३ गते बसेको बैंक सञ्चालक समितिको बैठकले उक्त निर्णय गरेको हो । बैठकले सेयरधनीलाई १३.२७३ प्रतिशत बोनस र ०.६९८ प्रतिशत नगद-कर प्रयाेजनकाे लागि) गरी सो मात्राको लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

उक्त प्रस्तावलाई नेपाल राष्ट्र बैंकले स्वीकृत तथा संस्थाको वार्षिक साधारणसभाले पारित गर्नुपर्ने छ ।

हाल संस्थाको चुक्ता पुँजी ३४ करोड १६ लाख रुपैयाँ रहेको छ ।

Share News