बैंक तथा वित्तीय संस्थाका कर्मचारी छनोटको जिम्मा पनि विफिनले लिने, सेप्टेम्बरसम्म ७५ प्रतिशत छुटमै सेवा दिने

<p>काठमाडौं । बैंकिङ्ग फाइनान्स एण्ड इन्स्योरेन्स इन्टिच्यूट अफ नेपाल लि. (बिफिन) ले रिक्रुटमेण्ट सम्बन्धीकार्य गर्नका लागीबिफिनजब्स् डटकम सञ्चालनमा ल्याएको छ । कमपनीले शु्क्रबार एक विज्ञप्ती जारी गर्दै अब रिक्रुटमेण्ट सम्बन्धि कार्य गर्नका लागि बिफिनजब्स् डटकम संचालनमा ल्याएको बताएको छ । नेपालको बैंक तथा वित्तीय संस्थाहरुको जनशक्ति विकासका लागि तालीम प्रदानगर्दै आइरहेको बिफिन ले अब संस्थालाई [&hellip;]</p>

काठमाडौं । बैंकिङ्ग फाइनान्स एण्ड इन्स्योरेन्स इन्टिच्यूट अफ नेपाल लि. (बिफिन) ले रिक्रुटमेण्ट सम्बन्धीकार्य गर्नका लागीबिफिनजब्स् डटकम सञ्चालनमा ल्याएको छ । कमपनीले शु्क्रबार एक विज्ञप्ती जारी गर्दै अब रिक्रुटमेण्ट सम्बन्धि कार्य गर्नका लागि बिफिनजब्स् डटकम संचालनमा ल्याएको बताएको छ ।

नेपालको बैंक तथा वित्तीय संस्थाहरुको जनशक्ति विकासका लागि तालीम प्रदानगर्दै आइरहेको बिफिन ले अब संस्थालाई आवश्यकपर्ने जनशक्ति छनौट गर्ने कार्य समेत गरिदिने भएको छ ।

संस्थाको मेरुदण्डको रुपमा मानिने जनशक्तिको उपयुक्त छनौट तथा आवश्यक तालीमप्रदान गरि एकद्धार प्रणाली मार्फत संचालनगर्दा बैंक तथा वित्तीय संस्थाहरुलाई सहजहुने आवश्यकता महसुस गरी रिक्रुटमेण्ट एजेन्सी संचालनमा ल्याएको हो ।

रिक्रुटमेण्ट एजेन्सी बिफिनजब्स् डट कममार्फत कुनै पनि संस्थाका लागिउच्चतहकाकर्मचारीहरु, व्यवस्थापकिय तहका कर्मचारीहरुको छनौट जब पोस्टिङ्ग सर्भिस, उम्मेदबारहरुको सर्टलिस्टिङ्ग, परिक्षा तथा अन्र्तवार्ता अन्तरिम व्यवस्थापन सेवा तलब सर्बेक्षण, स्वतन्त्र सन्दर्भ जाँच सेवा र बिज्ञापन सेवाहरु लगायतका सेवाहरु प्रदानगर्ने लक्ष्य राखेको बताएको छ ।

रिक्रुटमेण्ट एजेन्सी बिफिनजब्स् डटकमले सेप्टेम्बर महिनासम्म कुनै पनि सेवा लिएमा ७५ प्रतिशत सम्म छुट प्राप्तगर्न सकिने समेत कम्पनीले जनाएको छ ।

बिफिन, इमर्जिङ्ग नेपाल लिमिटेड लगायत वाणिज्य बैंकहरु, विकास बैंकहरु, वित्तकम्पनीहरु, लघुवित्त संस्थाहरु र पूँजीबजारसंग सम्बन्धित संस्थाहरु गरी कुल १६ वटा संस्थाहरुबाट प्रबद्धित संस्थाहो ।

Share News