फेरि १५ दिन थपिएला त लकडाउन ? यस्तो छ तयारी

<p>काठमाडाैं । देशभर भइरहेको लकडाउन पुनःथप्ने तयारी भइरहेको बताइएको छ । सरकारले लकडाउन वैशाखभर गर्ने तयारी गरेको बताइएको हो । यसको लागि कोभिड(१९ रोकथाम तथा नियन्त्रण उच्च स्तरीय समन्वय समितिको बैठक शुरु भएको छ ।उपप्रधान तथा रक्षा मन्त्री इश्वर पोखरेलको संयोजकत्वमा शुरु भएको बैठकमा लकडाउन एक हप्ता या १५ दिन थप्नेबारे छलफल हुने बुझिएको छ । [&hellip;]</p>

काठमाडाैं । देशभर भइरहेको लकडाउन पुनःथप्ने तयारी भइरहेको बताइएको छ । सरकारले लकडाउन वैशाखभर गर्ने तयारी गरेको बताइएको हो ।

यसको लागि कोभिड(१९ रोकथाम तथा नियन्त्रण उच्च स्तरीय समन्वय समितिको बैठक शुरु भएको छ ।उपप्रधान तथा रक्षा मन्त्री इश्वर पोखरेलको संयोजकत्वमा शुरु भएको बैठकमा लकडाउन एक हप्ता या १५ दिन थप्नेबारे छलफल हुने बुझिएको छ । सम्भवतः वैशाखभर लकडाउन गर्ने गरी निर्णय गरेर मन्त्रिपरिषदमा प्रस्ताव लगिने तयारी भएको छ ।

स्रोतका अनुसार कतिपय अत्यावश्यक सेवा सञ्चालन गर्न दिने गरी लकडाउन खुकुलो बनाइने तयारी भएको छ ।
विभिन्न क्षेत्र छुट्याएर लकडाउनमा पनि अत्यावश्यक र जरुरी सेवाहरु संचालन गर्न दिने तयारी भएको छ । स्वास्थ्य सेवा, निर्माण सेवा, कृषि क्षेत्र, अत्यावश्यक सामाग्री उत्पादनका उद्दोगहरुलाई भौतिक दुरी कायम गरी संचालन गर्न दिने तयारी भएको हो । ढुवानीका सामान अहिले पनि ओसारपसार गर्न छुट छ ।

सरकारले लकडाउन लम्ब्याउने तयारी गरेपछि शैक्षिक संस्थाहरु वैशाखभर नखुल्ने निश्चितप्रायः भएको छ । शैक्षिक संस्था, सार्वजनिक यातायात, होटल, सिनेमा हल, खेल स्थललगायत आउँदो एक महिनासम्म खुल्ने सम्भावना न्युन छ । एसईई र विभिन्न विश्वविद्यालयका परीक्षाहरु कम्तिमा एक महिना पछाडि धकेलिने देखिएको छ

भारतमा कोरोनाको जोखिम बढ्दै गएकोले नेपालमा अहिले नै लकडाउन खुलाउन उचित नभएको बताइएको छ । यसैले पनि लकडाउन थप्ने निर्णय उच्चस्तरीय समितिले गर्दैछ ।

सरकराले चैत ११ गते लकडाउन घोषणा गरेको थियो । पहिले सरकारले चैत १८ त्यसपछि २५ र अहिले बैशाख ३ गतेसम्म लकडाउनको घोषणा थियो भने अहिले बैशाख १५ गतेसम्मको लागि लकडाउन कायमै छ ।

Share News