काठमाडौं । चितवनको २७ वर्षिय युवकको कोरोना परीक्षणको रिपोर्ट पुन नेगेटिभ आएको छ । कोरोना संक्रमित युवकको भरतपुर अस्पतालमा उपचार भइरहेको थियाे ।
उनको दोस्रो पिसिआर परीक्षण रिपोर्ट नेगेटिभ आएपछि शनिबार डिस्चार्ज गर्ने तयारी भइरहेको अस्पताल स्रोतले जानकारी दिएको छ ।
त्यस्तै बागलुङकी कोरोना संक्रमित युवतीलाई भने शुक्रबार बेलुका नै अस्पतालले डिस्चार्ज गरेको हो । सङ्क्रमित बागलुङ नगरपालिका–४ की १९ वर्षीया युवती निको भई धवलागिरि अञ्चल अस्पतालले शुक्रबार राति अस्पतालबाट घर फर्किएकी हुन् ।
लगातार पाँचौ र छैटौँ जाँचमा कोरोनाको नेगेटिभ रिपोर्ट आएपछि सापकोटालाई डिस्चार्ज गरिएको अस्पतालका जनाएको छ ।
हालसम्म नेपालमा काेराेना संक्रमितकाे संख्या ४९ पुगेकाे छ भने निकाे भएर घर फर्किनेमा ११ औं नम्बरमा बागलुङकी १९ बर्षिय युवती परेकी छिन् भने चितवनका २७ वर्षिय युवक १४ औं निकाे भएर घर फर्किने काेराेना संक्रमित हुनेछन् ।