
काठमाडौं । मोबाइल फोन इम्पोर्टर्स एशोशिएसन (एमपीआईए) ले नेपाल प्रहरी अस्पताललाई ४० थान पीपीई तथा ५ हजार थान मास्क हस्तान्तरण गरेको छ । कोभिड-१९ महामारी नियन्त्रण गर्ने सुरक्षा तथा स्वास्थ्य निकायको प्रयन्नलाई सहयोग गर्न एमपीआईएले उक्त सहयोग गरेको हो ।
महाराजगंज स्थित उक्त अस्पतालमा आयोजित एक समारोहमा एमपीआईएका अध्यक्ष दिपक कुमार मलहोत्रा एवं पदाधिकारीहरुले संयुक्त रुपमा प्रा. प्रहरी अतिरिक्त महानिरीक्षक डा. आशा सिंहलाई सहयोग स्वरुप उक्त सामग्री हस्तान्तरण गरेका हुन् ।
अध्यक्ष मलहोत्राले यस सहयोगले कोरोना महामारी विरुद्ध लडिरहेको राष्ट्रिय सुरक्षा निकायलाई थप बल प्रदान गर्ने बताए ।