काठमाडौं । पूर्वसचिव भीम उपाध्याय पक्राउ परेका छन् । सामाजिक सञ्जालमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई गालीगलौज गरेको आरोपमा पूर्वसचिव भीम उपाध्याय पक्राउ परेका हुन् ।
प्रहरीले उनलाई बुधबार साँझ ललितपुरबाट पक्राउ गरेको हो । उनलाई विद्युतीय कारोबार ऐनअनुसार मुद्दा चलाउने प्रहरी तयारी गरिरहेका एक श्राेतले जनाएकाे छ ।