धनगढीमा पनि भेटिए वेवारिसे नोट, प्रहरीले थाल्याे अनुसन्धान

<p>काठमाडौं । धनगढीमा पनि वेवारिसे अवस्थामा नोट फालेको भेटिएको छ । कैलालीको धनगढी उपमहानगरपालिका अन्तर्गत रहेको हाटबजारमा ५ वटा पचास र एक सयको नोट भेटिएका छन् । कैलाली प्रहरीका अनुसार अहिले प्रहरी घटना स्थलमा पुगेर नोट बरामद गरेको छ । कैलाली प्रहरीले यसको विषयमा अनुसन्धान भइरहेको बताएको छ । विश्वभर फैलिरहेको कोरोना भाइरसको संक्रमणलाई लिएर [&hellip;]</p>

काठमाडौं । धनगढीमा पनि वेवारिसे अवस्थामा नोट फालेको भेटिएको छ । कैलालीको धनगढी उपमहानगरपालिका अन्तर्गत रहेको हाटबजारमा ५ वटा पचास र एक सयको नोट भेटिएका छन् ।

कैलाली प्रहरीका अनुसार अहिले प्रहरी घटना स्थलमा पुगेर नोट बरामद गरेको छ । कैलाली प्रहरीले यसको विषयमा अनुसन्धान भइरहेको बताएको छ ।

विश्वभर फैलिरहेको कोरोना भाइरसको संक्रमणलाई लिएर विभिन्न त्रासहरु उब्जिएका छन् । यो भन्दा अगाडि जनकपुरमा पनि वेवारिसे नोट भेटिएका थिए ।

Share News