काठमाडाैं । कोरोना भाइरस सङ्क्रमण नियन्त्रण तथा उपचारका कोषमा अहिलेसम्म दुई अर्ब ११ करोड ६५ लाख ५८ हजार २ सय ७५ रूपैयाँ सङ्कलन भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका प्रवक्ता राजेन्द्रकुमार पौडेलका अनुसार मङ्गलबार मात्र एक करोड ३५ लाख तीन हजार ४ सय २० रूपैयाँ कोषमा जम्मा भएको छ ।
मङ्गलबार एभरेष्ट बैंकले ६० लाख रूपैयाँ, राष्ट्रिय योजना आयोगबाट चार लाख ६६ हजार २ सय ३०रूपैयाँ, अख्तियार दुरुपयोग अनुसन्धान आयोग, प्रहरी कर्मचारीको तर्फबाट तीन लाख ९२ हजार ९ सय १३ रूपैयाँ, भेरी प्राविधिक शिक्षालय दुई लाख ९४ हजार ८ सय ५५ रूपैयाँ, न्याय हेल्प नेपाल दुई लाख ७१ हजार २०रूपैयाँ , नाम नामेसी नखुलेका तथा एक लाखभन्दा कम सहयोग गर्ने विभिन्न व्यक्ति र संस्थाबाट र ४५ लाख ५८ हजार ५९ रूपैयाँ सङ्कलन भएको छ ।
सरकारले कोभिड–१९ को रोकथाम र नियन्त्रणका सहयोग पुर्याउन कोष स्थापना गरेको हो । कोषमा सङ्कलन भएको रकम रोकथाम र नियन्त्रणका लागि सरकारले खर्च गर्ने छ । रासस