काठमाडौं । मन्त्रिपरिषदमा राजनीतिक दल विभाजनसम्बन्धि अध्यादेश ल्याउने निर्णय भएपछि नेपाली राजनीतिमा तरङग आएको छ ।
कतिपयले यसलाई नेकपा फुट्ने हो कि भनेर अड्कलवाजी गरिरहेका छन् । त्यसपछि उत्पन्न परिस्थितिबारे छलफल गर्न नेकपा सचिवालय बैठक आकस्मिक रूपमा साढे ५ बजेदेखि जारी छ ।
प्रधानमन्त्री केपी ओलीका विश्वासपात्र तथा पूर्व सञ्चारमन्त्री गोकुल बाँस्कोटाले अहिले राजनीतिक बजारमा भाइरल समाचार साधारण रहेको बताए ।
उनले दलहरु कानूनले भन्दाबढी दर्शनमा आधारित सिद्दान्त , बिचार , उदेश्यसहितको संगठनात्मक तथा भाबनात्मक प्रणालीमा एकताबध्द भएको हुनाले तरङ्गित हुन आबश्यक नरहेको बताएका छन् ।