काठमाडाैं । बाराकाे कलैया उपमहानगरपालिकाका दुई वडाध्यक्ष जनतालाई कुहिएकाे दाल बाँडेका छन् । कलैया उपमहानगरपालिका वडा– १ का वडाध्यक्ष हरिओम साह, वडा नं. ७ का अध्यक्ष सर्फुल्लाह अन्सारीले कुहिएकाे दाल बाँडेका हुन् । उनीहरूलाई कुहिएकाे दाल बाँडेकाे भन्दै प्रहरीले पक्राउ पनि गरेकाे छ ।
कलैया उपमहानगरपालिका वडा– १ का वडाध्यक्ष हरिओम साह, वडा नं. ७ का अध्यक्ष सर्फुल्लाह अन्सारी, कलैया–२० का वडा सचिव खेदु मियाँसँगै कलैया–७ स्थित यादव आइस एन्ड कोल्डस्टोरका कर्मचारी कृष्णप्रसाद यादव र वीरगन्जस्थित धनलक्ष्मी दाल मिलका सञ्चालक तेजकरण जैनलाई आइतवार प्रकाउ गरेकाे हाे ।
जिल्ला प्रहरी कार्यालय बाराका अनुसार अहिले जनप्रतिनिधि र कर्मचारी सहित ५ जना नियन्त्रणमा छन् । यस विषयमा अनुसन्धान भइरहेकाे बताइएकाे छ ।