सुलभ अग्रवाल फेरि १० दिन थुनामै रहने

<p>काठमाडौं । जगदम्बा स्टिल (शंकर ग्रुप ) का सञ्चालक सुलभ अग्रवाललाई अनुसन्धान गर्न जिल्ला प्रशासन कार्यालयले तेस्रोपटक १० दिनको म्याद थप गरेको छ । थर्मल गनमा कालोबजारी गरेको आरोपमा पक्राउ परेका अग्रवाललाई फेरी १० दिनको म्याद थप गरेको हाे । उनी  गत चैत २५ गते पक्राउ परेका थिए । अग्रवाललाई यसअघि पहिलोपटक ७ र दोस्रोपटक ५ दिन थुनामै [&hellip;]</p>

काठमाडौं । जगदम्बा स्टिल (शंकर ग्रुप ) का सञ्चालक सुलभ अग्रवाललाई अनुसन्धान गर्न जिल्ला प्रशासन कार्यालयले तेस्रोपटक १० दिनको म्याद थप गरेको छ ।

थर्मल गनमा कालोबजारी गरेको आरोपमा पक्राउ परेका अग्रवाललाई फेरी १० दिनको म्याद थप गरेको हाे । उनी  गत चैत २५ गते पक्राउ परेका थिए ।

अग्रवाललाई यसअघि पहिलोपटक ७ र दोस्रोपटक ५ दिन थुनामै राखेर अनुसन्धान गर्न प्रशासनले अनुमति दिएको थियो । अग्रवाललाई महानगरीय अपराध महाशाखाको टोलीले नक्सालबाट पक्राउ गरेको थियो । ५ हजार पर्ने गनलाई १५ हजारमा बिक्री गरेको आरोप अग्रवालमाथि छ ।

Share News