अब घरभित्रै रहेका संगीतप्रेमीलाई मनाेरञ्जन दिन ‘म्युजिक फर पिस’ कार्यक्रम सञ्चालन हुने

<p>काठमाडाैं  । कोरोनाको विश्वव्यापी कहरसँगै भौतिक संसारमा ठूलो सन्नाटा छ । ‘लकडाउन’, ‘क्वारेन्टाइन’, ‘सेल्फ आइसोलेसन’जस्ता मानिसलाई एक्ल्याउने शब्दावली अहिले जीवन रक्षाका मानक बनेका छन् । यही बेला एक्लिएको मानव जीवनमा सामाजिकीकरणको प्राण भर्न नेपाल ग्यालरी नामक सामाजिक संस्थाले भर्चुल म्युजिक फर पिस नामक कार्यक्रम सन्चालन गर्ने भएको छ । नेपाल कोरोना बाट ग्रसित भएको बेला घरमै [&hellip;]</p>

काठमाडाैं  । कोरोनाको विश्वव्यापी कहरसँगै भौतिक संसारमा ठूलो सन्नाटा छ । ‘लकडाउन’, ‘क्वारेन्टाइन’, ‘सेल्फ आइसोलेसन’जस्ता मानिसलाई एक्ल्याउने शब्दावली अहिले जीवन रक्षाका मानक बनेका छन् ।

यही बेला एक्लिएको मानव जीवनमा सामाजिकीकरणको प्राण भर्न नेपाल ग्यालरी नामक सामाजिक संस्थाले भर्चुल म्युजिक फर पिस नामक कार्यक्रम सन्चालन गर्ने भएको छ । नेपाल कोरोना बाट ग्रसित भएको बेला घरमै बसेर आफ्ना दर्शक स्रोता हरु सँग कुराकानीका साथमा आफ्ना प्रस्तुतिहरुबाट कलाकारहरुले मनोरन्जान प्रदान गर्नेछन् ।

साे कार्यक्रम बैशाख ७ गते आइतबार बाट सुरु हुनेछ । हरेक दिन ५ बजे नेपाल ग्यालरीको अफिसियल फेसबूक पेज र ग्रुपबाट साे कार्यक्रम  हेर्न सकिने बताइएकाे छ । यो हप्ता गायिका तथा नेपाल आइडलकी प्रतियोगी श्रीङखला जोशी, ममता गुरुङ, गायक टंक तिमिल्सिना, चेतन बोहरा, सुदिप साजनलगायतका कलाकारहरु को प्रस्तुति रहने बताइएकाे छ ।

कोरोना भाइरस संक्रमणको जोखिमका कारण सरकारले लकडाउन घोषणा गरेपछि घरघरमै थन्किएका सर्जक र सिर्जना प्रेमीमाझ यसको प्रभावकारिता देखिने बिस्वास राखिएको छ ।  लकडाउनमा समय व्यतीत गर्न अधिकांश मानिस सामाजिक सञ्जालमा झुन्डिएका छन् ।

भौतिकभन्दा भर्चुअल संसार नै उनीहरूका लागि साथी बनेको छ । सामाजिक सञ्जालहरूमाथि अफवाह सिर्जना गर्ने माध्यम बनेको आरोप लागिरहँदा नेपाल ग्यालरीले त्यसलाई सिर्जनशील बनाउने प्रयास गरेका हो ।

Share News