शुल्क नतिरेपनि लकडाउनभरि इन्टरनेटको लाइन नकाट्न प्राधिकरणको निर्देशन

<p>काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले इन्टरनेट सेवा प्रदायकहरुलाई सेवा अवरुद्ध नगर्न निर्देशन दिएको छ। कोभिड-१९ को सम्भावित संक्रमण फैलिन नदिन सरकारले गरेको लकडाउनको अवधिभरि सेवा शुल्क तिर्न नसकेका इन्टरनेट ग्राहकको लाइन नकाट्न सेवा प्रदायकहरुलाई नेपाल दूरसञ्चार प्राधिकरणले निर्देशन दिएको हाे । प्राधिकरणले प्रेस विज्ञप्ति जारी गर्दै अनलाइन भुक्तानीका लागि उत्प्रेरित गर्न र अनलाइन पनि भुक्तानी गर्न नसक्ने भएमा लकडाउनपछि [&hellip;]</p>

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले इन्टरनेट सेवा प्रदायकहरुलाई सेवा अवरुद्ध नगर्न निर्देशन दिएको छ।

कोभिड-१९ को सम्भावित संक्रमण फैलिन नदिन सरकारले गरेको लकडाउनको अवधिभरि सेवा शुल्क तिर्न नसकेका इन्टरनेट ग्राहकको लाइन नकाट्न सेवा प्रदायकहरुलाई नेपाल दूरसञ्चार प्राधिकरणले निर्देशन दिएको हाे ।

प्राधिकरणले प्रेस विज्ञप्ति जारी गर्दै अनलाइन भुक्तानीका लागि उत्प्रेरित गर्न र अनलाइन पनि भुक्तानी गर्न नसक्ने भएमा लकडाउनपछि बिलम्ब शुल्क नलगानइ भुक्तानी लिन प्राधिकरणले सेवाप्रदायकहरुलाई निर्देशन दिएको हाे ।

लकडाउनकाे कारणले धेरै ग्राहकले पैसा तिर्न नसकेकाे गुनासाे गरेका छन् ।

 

Share News