चीनकाे जीडीपीमा सात प्रतिशतकाे गिरावट

<p>काठमाडौंः कोरोना भाइरसका कारण चीनको जीडीपीमा सात प्रतिशत गिरावट आएको छ । चालू आर्थिक वर्षको पहिलो त्रैमासिकमा चीनको अर्थतन्त्र ६.८ प्रतिशतले गिरावट आएको हो । शुक्रबार सार्वजनिक गरिएको सरकारी तथ्यांकका अनुसार गत तीन दशकहरूमा चीनको अर्थतन्त्रमा गिरावट आएको यो पहिलो पटक हो । चीनमा १९९२ देखि आधिकारिक रुपमा त्रैमासिक रुपमा आँकडा राख्न शुरु गरिएको थियो । चीनमा [&hellip;]</p>

काठमाडौंः कोरोना भाइरसका कारण चीनको जीडीपीमा सात प्रतिशत गिरावट आएको छ । चालू आर्थिक वर्षको पहिलो त्रैमासिकमा चीनको अर्थतन्त्र ६.८ प्रतिशतले गिरावट आएको हो ।

शुक्रबार सार्वजनिक गरिएको सरकारी तथ्यांकका अनुसार गत तीन दशकहरूमा चीनको अर्थतन्त्रमा गिरावट आएको यो पहिलो पटक हो ।

चीनमा १९९२ देखि आधिकारिक रुपमा त्रैमासिक रुपमा आँकडा राख्न शुरु गरिएको थियो । चीनमा अहिले बेरोजगार दर ६.२ प्रतिशत छ ।

Share News