डाक्टर कुट्ने डीएसपी लम्साललाई जिम्मेवारीबाट हटाइयो

<p>काठमाडौं । बुधबार साँझ ड्युटीेबाट फकिर्दै गरेका डाक्टरलाई कुटपिट गर्न डिएसपी उमेश लम्साललाई जिम्मेवारीबाट हटाईएको छ । लम्साललाई जिम्मेवारीबाट हटाएर अनुसन्धान गर्नुपर्न भएकोले उनलाई रानीपोखरी कार्यलयमा झिकाईएको महानगरीय प्रहरी प्रवक्ता श्याम लाल ज्ञावलीले बताए । उनीसँगै घटनामा संलग्न अन्य प्रहरी कर्मचारीलाई पनि झिकाई आवश्यक छानबिन भईरहेको उनले बताए । उक्त घटनाबारे छानविनका लागि बिहीबार बिहान [&hellip;]</p>

काठमाडौं । बुधबार साँझ ड्युटीेबाट फकिर्दै गरेका डाक्टरलाई कुटपिट गर्न डिएसपी उमेश लम्साललाई जिम्मेवारीबाट हटाईएको छ ।

लम्साललाई जिम्मेवारीबाट हटाएर अनुसन्धान गर्नुपर्न भएकोले उनलाई रानीपोखरी कार्यलयमा झिकाईएको महानगरीय प्रहरी प्रवक्ता श्याम लाल ज्ञावलीले बताए ।

उनीसँगै घटनामा संलग्न अन्य प्रहरी कर्मचारीलाई पनि झिकाई आवश्यक छानबिन भईरहेको उनले बताए ।

उक्त घटनाबारे छानविनका लागि बिहीबार बिहान एसएसपी किरण बज्राचार्यको नेतृत्वमा एसपी मुकेश सिंह र डीएसपी होविन्द्र बोगटी सदस्य रहेको समिति गठन गरिएको छ ।

बुधबार साँझ त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज र कान्ति बाल अस्पतालका ३ डाक्टर ड्युटी सकेर खाना खाएर घर फर्कनलाई छुट्टिने समयमा प्रहरीको भ्यान आएर सोधपुछ गरेको र डाक्टर भनेर परिचय दिँदा प्रहरीकाे लाठीले डाक्टर साक्टर चिन्दैन भन्दै लाठी चार्ज गरेको डाक्टरहरुकाे आरोप छ ।

Share News