आवश्यकता हेरेर जिल्ला प्रशासन कार्यालय काठमाडौंले ई पास दिँदै

<p>काठमाडौं । लकडाउनको समयमा अत्यावश्यक सवारीसाधन सञ्चालनको लागि जिल्ला प्रशासन कार्यालय काठमाडौंले ई पासको दिने भएको छ । खाद्यान्न ढुवानी, बिरामी ओसारपसार, शववाहन र अन्य अत्यावश्यक कामको लागि अनलाइन मार्फत नै विवरण भरेर ई पास लिन सकिने जनाएको छ । ई पास लिन आवेदकले मोबाइलको म्यासेज बक्समा गएर कारणसहित १११२ मा एसएमएस गर्न पर्ने छ, [&hellip;]</p>

काठमाडौं । लकडाउनको समयमा अत्यावश्यक सवारीसाधन सञ्चालनको लागि जिल्ला प्रशासन कार्यालय काठमाडौंले ई पासको दिने भएको छ ।
खाद्यान्न ढुवानी, बिरामी ओसारपसार, शववाहन र अन्य अत्यावश्यक कामको लागि अनलाइन मार्फत नै विवरण भरेर ई पास लिन सकिने जनाएको छ ।

ई पास लिन आवेदकले मोबाइलको म्यासेज बक्समा गएर कारणसहित १११२ मा एसएमएस गर्न पर्ने छ, त्यसपछि मात्र जिल्ला प्रशासन कार्यालयले आवश्यकताको आधारमा मात्रै ई–पास वितरण गर्नेछ।

गृहमन्त्रालयले ई-पासको लागि अलग्गै पोर्टलको विकास गरेको छ । ई-पासका लागि  https://epass.moha.gov.np/डोमेनको पोर्टलमा गएर सोधिएका विवरण फर्ममा भरेर वेबसाइटमार्फत पास लिन सकिने मन्त्रालयले जानकारी दिएको छ ।

Share News