स्थिति र जनताको दैनिक आवश्यकता पुर्तिकाे व्यवस्थापन गर्न संघीय सरकारको ध्यानाकर्षण

<p>काठमाडाैं । संघीय सरकारले  स्थितिको र जनताको दैनिक आवश्यकता पुर्तिकाे अवस्था बारे अध्ययनन गरी प्रहरीले सीमा व्यवस्थापनका लागि उपयुक्त नीति व्यवहारमा लागू गर्न ध्यानाकर्षण गराएकाे छ । निश्चित रुपमा लकडाउनमा सीमामा आवत जावत रोकिनु पर्दछ तर तराई मधेशमा दैनिक आवश्यकता पूर्तिका लागि खुल्ला सीमानाको प्रयोग गर्ने बानी र सीमाको दुबै तर्फ सम्बन्धीहरु भएको अवस्थामा सीमा व्यवस्थापन गर्दा [&hellip;]</p>

काठमाडाैं । संघीय सरकारले  स्थितिको र जनताको दैनिक आवश्यकता पुर्तिकाे अवस्था बारे अध्ययनन गरी प्रहरीले सीमा व्यवस्थापनका लागि उपयुक्त नीति व्यवहारमा लागू गर्न ध्यानाकर्षण गराएकाे छ ।

निश्चित रुपमा लकडाउनमा सीमामा आवत जावत रोकिनु पर्दछ तर तराई मधेशमा दैनिक आवश्यकता पूर्तिका लागि खुल्ला सीमानाको प्रयोग गर्ने बानी र सीमाको दुबै तर्फ सम्बन्धीहरु भएको अवस्थामा सीमा व्यवस्थापन गर्दा प्रहरीले स्थितिको जायजा लिईकन स्वयं सहयोगी सेतुको रुपमा पनि कार्य गर्न सक्दछ ।

हिजो सप्तरीमा प्रहरीको अत्यधिक बल प्रयोगले गर्दा ६५ वर्षीय जैनाब खातुनको अस्वाभाविक मृत्यु भएको छ। उनी आफनै घर अगाडी प्रहरीले उनको छोरा माथि बल प्रयोग गर्दा आफनो छोराको रक्षाका लागि प्रहरी अगाडी आएकी थिईन । प्रहरीको लाठी प्रहारबाट उनी बेहोश भई लडेपछि पनि उनी माथि लाठी प्रहार जारी रह्यो र उनको दुखद मृत्यु भयो ।

सप्तरीमा जनता विरुद्ध प्रहरीको अत्यधिक बल प्रयोगको यो दोश्राे केस हो । यस घटनाको निष्पक्ष छानबीन हुनु पर्दछ र अत्यधिक बल प्रयोग गर्ने प्रहरीलाई कानूनको दायरामा ल्याई आवश्यक कारवाही हुनु पर्दछ । साथै, मृतक वृद्ध महिलालाई साहसी जीवन रक्षक शहीद घोषणा गरी उनको परिवार लाई क्षतिपूत्र्ति दिने व्यवस्था हुनु पर्दछ ।

सिरहाको सोहर्वामा सशस्त्र प्रहरी र भारतीय नागरिकबीच भिडन्त भइ एक जना सशस्त्र प्रहरी घाइते भएको र कईयन राउन्ड हवाई फायर पनि भएको समाचार संचार माध्यममा आएको छ । घटनाको कारण एक जना भारतीय नागरिकले दुधका केही बट्टा लिई नेपाल प्रवेश गर्न खोज्दा प्रहरीले रोके पछि द्वन्द उत्पन्न भई पछि भिडन्त हुने अवस्था आई पुगेको समाचारहरुबाट बुझिन्छ। याे दुखद घटना हो ।

Share News