दुई महिनाको पारिश्रमिक कोरोना कोष र राहत प्याकेजमा दिने राष्ट्रियसभा सदस्य श्रेष्ठको घोषणा

<p>काठमाडाैं । राष्ट्रियसभाका सदस्य तथा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का प्रवक्ता नारायणकाजी श्रेष्ठले दुई महिनाको पारिश्रमिक कोभिड–१९ कोष र बाँकी विपन्न वर्ग केन्द्रित आर्थिक राहत प्याकेजका लागि दिने घोषणा गरेका छन्। उनले साेमबार ट्वीटमार्फत यसबेला एकताबद्ध भई आ–आफ्नो ठाउँबाट भूमिका खेल्नु जरूरी रहेको बताएका हुन्। काेरेाना भाइरस (कोभिड–१९) र उत्पन्न संकटको सामना गरिरहेको भन्दै साे रकम दिने [&hellip;]</p>

काठमाडाैं । राष्ट्रियसभाका सदस्य तथा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का प्रवक्ता नारायणकाजी श्रेष्ठले दुई महिनाको पारिश्रमिक कोभिड–१९ कोष र बाँकी विपन्न वर्ग केन्द्रित आर्थिक राहत प्याकेजका लागि दिने घोषणा गरेका छन्।

उनले साेमबार ट्वीटमार्फत यसबेला एकताबद्ध भई आ–आफ्नो ठाउँबाट भूमिका खेल्नु जरूरी रहेको बताएका हुन्। काेरेाना भाइरस (कोभिड–१९) र उत्पन्न संकटको सामना गरिरहेको भन्दै साे रकम दिने घाेषणा गरेका हुन् ।

उनले कोरोना रोकथाम, नियन्त्रण तथा उपचार कोषमार्फत सांसद विकास कोषको साढे १६ अर्ब रूपैयाँ बजेट पनि खर्चिनुपर्ने माग गर्दै आएका छन्।

Share News