काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले काेराेना भाइरसकाे संक्रमण सकिने बित्तिकै आर्थिक गतिविधिलाई तीव्रता दिइने बताएका छन् । नयाँ वर्ष २०७७ का अवसरमा आज राष्ट्रका नाममा सम्बोधन गर्दै ओलीले महामारीपछि आर्थिक गतिविधिलाई तीव्रता दिन लगानीको नीति अपनाइने बताएका हुन्।
सरकारले आफ्नो ध्यान कोरोना संक्रमितको पहिचान, परीक्षण र उपचारमा केन्द्रित गरेको उनकाे भनाइ छ। ‘जतिबेला हामी यस महामारीको ग्राफलाई सिधा पार्छौ, त्यसपछि हाम्रा गतिविधिलाई तीव्रता दिन लगानीको नीति अपनाउनेछौं,’ उनले भने।
प्रधानमन्त्री ओलीले अहिले सरकारको अध्ययन तथा सर्वेक्षण, टुटेको उत्पादन सम्बन्धको कडी फेरि कसरी जोड्ने, अवरुद्ध उत्पादन प्रणालीलाई कसरी सुचारु गर्ने भन्नेमा केन्द्रित रहेको उल्लेख गर्दै यसै अध्ययन र सिफारिसका आधारमा सरकारले अर्थतन्त्रको पुनरुत्थानको प्याकेज नीति तथा कार्यक्रम र बजेटमार्फत् सार्वजनिक गर्ने पनि बताए ।
प्रधानमन्त्री ओलीको नयाँ वर्षको शुभकामना ।
प्रधानमन्त्री ओलीको नयाँ वर्षको शुभकामना ।
Gepostet von Bikashnews.com am Sonntag, 12. April 2020