काठमाडौं । नयाँ वर्ष २०७७ सालको दिन नेपालीलाई राष्ट्रिय गान गाउन आग्रह गरेका छन् । नयाँ वर्षको शुरुवात सबै नागरिकले विहान ८ बजे राष्ट्रिय गान गाउन अनुरोध गरेका छन् ।
ग्लोबल कम्प्याक्ट नेपालले चिकित्सक, नर्स, प्रदायक कर्मचारी, लगायतको सम्मानमा राष्ट्रिय गान गाउन आग्रह गरे । प्रधानमन्त्री ओलीले ट्वीट गर्दै सबैलाई सामेल हुन् आग्रह गरेका छन् ।
‘ग्लोबल कम्प्याक्ट नेपालको अनुरोध मलाई राम्रो लाग्यो । यस कार्यक्रममा सामेल हुन सबैलाई आग्रह गर्दछु’, प्रधानमन्त्री ओलीले भने । राष्ट्रिय गानको समाप्ती पछि करताल ध्वनीले एकवद्धता स्वरुप ताली बजाएर सम्मान गर्न समेत आग्रह गरेका छन् ।
