काठमाडौं । विश्वभर फैलिएको कोरोना भाइरसको नियन्त्रणको लागि सरकारले परीक्षणको दायरा बढाउनेदेखि लकडाउनलाई थप कडाई गर्ने भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा नियमित हुने पत्रकार सम्मेलनमा बोल्दै प्रवक्ता डा. विकास देवकोटाले पछिल्लो पटक पर्सामा तीन जनामा कोरोना संक्रमण देखिएसँगै थप कडाई गर्ने निर्णय गरेकाे बताएका हुन् ।
हालसम्म नेपालभरी कुल ८ हजार ५ सय ५ जनाको मात्र कोरोना परीक्षण भएको भन्दै अझै परीक्षणको दायरा बढाउने उनकाे भनाइ छ । उनले परीक्षण स्थानीयस्तरमा बढाउने तयारी भइरहेको जानकारी दिए।
त्यस्तै, पछिल्लो समय ८५ जना मानिस आइशोलेसनमा छन् भने ७ हजार ९ सय ७३ जना क्वारेन्टाइनमा रहेका छन् ।कोरोना भाइरस फैलिन नदिन थप लकडाउनलाई पूर्ण पालन गर्नु आवश्यक रहेकोउनले बताए । नेपालमा हालसम्म १२ जनामा कोरोना भाइरस पुष्टि भईसकेको छ ।