भाटभटेनीले सुदूर पश्चिम प्रदेश सरकारलाई दियाे २५ लाख रूपैयाँ

<p>काठमाडौं । भाटभटेनी सुपर स्टोर प्रालिले कोरोना भाइरस  (कोभिड-१९ ) को परीक्षण एवं उपचारमा सहयोग पु-याउने उद्देश्यले सुदूर पश्चिम प्रदेश सरकारका लागि २५ लाख रूपैयाँ सहयोग गरेको छ । भाटभटेनीका सञ्चालक मीन बहादुर गुरुङले आइतबार सिङदरबार स्थित खानेपानी मन्त्रालयमा गइ खानेपानी मन्त्री बिना मगरलाई २५ लाखको चेक हस्तान्तरण गरेका हुन्। कोरोना रोकथाम तथा नियन्त्रण गर्नका लागि [&hellip;]</p>


काठमाडौं । भाटभटेनी सुपर स्टोर प्रालिले कोरोना भाइरस  (कोभिड-१९ ) को परीक्षण एवं उपचारमा सहयोग पु-याउने उद्देश्यले सुदूर पश्चिम प्रदेश सरकारका लागि २५ लाख रूपैयाँ सहयोग गरेको छ । भाटभटेनीका सञ्चालक मीन बहादुर गुरुङले आइतबार सिङदरबार स्थित खानेपानी मन्त्रालयमा गइ खानेपानी मन्त्री बिना मगरलाई २५ लाखको चेक हस्तान्तरण गरेका हुन्।

कोरोना रोकथाम तथा नियन्त्रण गर्नका लागि सुदूर पश्चिम सरकारसंग खानेपानी मन्त्री मगरले समन्वय गरिरहेकी छिन् । सूदुर पश्चिम प्रदेश सरकारसंग समन्वय गर्न खानेपानी मन्त्री मगरलाई जिम्मेवारी दिइएको छ।

कोरोना राहत कोषका  लागि  भाट भटेनीले उक्त सहयोग गरेको हो । मन्त्री मगरले सुदूर पश्चिम प्रदेश सरकारलाई  उक्त चेक हस्तान्तरण गर्ने छिन् ।

चेक ग्रहण गर्दै मन्त्री मगरले भाट भटेनीले यस्तो विषम परिस्थितिमा गरेको सहयोग प्रति धन्यवाद र आभार प्रकट गर्दै विपद्को समयमा आ-आफ्नो स्थानबाट सक्दो सहयोग गर्न सबैलाई आव्हान गरेकी छिन् । उनले यस किसिमको सहयोगले कोरोना संक्रमणको सम्भावित जोखिमलाई नियन्त्रण गर्न ठूलो मद्दत पुग्ने बताए ।

Share News