एनसेलको सबै लाभकर चुक्ता, ठूला करदाता कार्यालयमा गएर तिर्यो २४ अर्ब ४३ करोड रुपैयाँ

<p>काठमाडौं । एनसेलको सबै लाभकर चुक्ता गरेको छ । सर्वोच्च अदालतले फैसला गरे बमोजिम नै कम्पनीले ठूला करदाता कार्यायमा गएर सो रकम तिरेको हो । कम्पनीले अदालतले तोकेको सयमयमा गएर कार्यालयमा लाभकर तिरेको हो । कम्पनीले अन्तिम किस्ता आज तिरेको बताइएको छ । कम्पनीले आज ठूलाकरदाता कार्यालयमा गएर १४ अर्ब ३३ करोड रुपैयाँ पुँजीगत लाभकर [&hellip;]</p>

काठमाडौं । एनसेलको सबै लाभकर चुक्ता गरेको छ । सर्वोच्च अदालतले फैसला गरे बमोजिम नै कम्पनीले ठूला करदाता कार्यायमा गएर सो रकम तिरेको हो । कम्पनीले अदालतले तोकेको सयमयमा गएर कार्यालयमा लाभकर तिरेको हो ।

कम्पनीले अन्तिम किस्ता आज तिरेको बताइएको छ । कम्पनीले आज ठूलाकरदाता कार्यालयमा गएर १४ अर्ब ३३ करोड रुपैयाँ पुँजीगत लाभकर तिरेको हो । यो उसको अन्तिम किस्ता हो । सर्वोच्च अदालतले २१ अर्ब १० करोड लाभकर तिर्ने गरी फैसला गरेको थियो ।

र, ठूलाकरदाता कार्यालयले उसलाई जरिवानासमेत गरी २२ अर्ब ४४ करोड रुपैयाँ बुझाउन पत्र पठाएको थियो । कम्पनीले आइतबारसम्मको जरिवानासमेत गरी निर्धारण गरेको भन्दा बढी अर्थात निर्धारण गरेको भन्दा बढी २४ अर्ब ४३ करोड रुपैयाँ आइतबारसम्ममा चुक्ता गरेको बताइएको छ ।

Share News