सरकारद्वारा सुलभ अग्रवालको मानार्थ अवैतनिक महावाणिज्यदूत पद खारेज

<p>काठमाडाैं । सरकारले कालोबजारीको आरोपमा पक्राउ परेका सुलभ अग्रवालको मानार्थ अवैतनिक महावाणिज्यदूत पद खारेज गर्ने निर्णय गरेकाे छ । नेपालका लागि किर्गिज गणतन्त्रका मानार्थ अवैतनिक महावाणिज्यदूत अग्रवालको पद खारेज गर्ने निर्णय बुझिएकाे हाे । अग्रवालको पद खारेज गरिएको र यस बारेको जानकारी सम्बन्धित मुलुकलाई कूटनीतिक माध्यमबाट गराइएको बुझिएकाे स्राेतले बतायाे । अग्रवाल कालाेबजारीमा संलग्न भएकाे भन्दै उनकाे [&hellip;]</p>

काठमाडाैं । सरकारले कालोबजारीको आरोपमा पक्राउ परेका सुलभ अग्रवालको मानार्थ अवैतनिक महावाणिज्यदूत पद खारेज गर्ने निर्णय गरेकाे छ । नेपालका लागि किर्गिज गणतन्त्रका मानार्थ अवैतनिक महावाणिज्यदूत अग्रवालको पद खारेज गर्ने निर्णय बुझिएकाे हाे ।

अग्रवालको पद खारेज गरिएको र यस बारेको जानकारी सम्बन्धित मुलुकलाई कूटनीतिक माध्यमबाट गराइएको बुझिएकाे स्राेतले बतायाे । अग्रवाल कालाेबजारीमा संलग्न भएकाे भन्दै उनकाे पद खारेज गरिएकाे हाे ।

परराष्ट्र मन्त्रालयल्यले यसअघि आफ्नो पदीय हैसियत र विशेषाधिकारको दुरुपयोग गर्दै अग्रवाल गैरकानुनी गतिविधिमा संलग्न भएको परराष्ट्र मन्त्रालयले बताएको थियो।

कूटनीतिक सुविधा र विशेषाधिकार प्रयोग गर्दै कालोबजारी गरेको आरोपमा ज्वरो नाप्ने थर्मल गनसहित उनलाई मङ्गलवार पक्राउ गरिएको थियो। कोभिड-१९ को विश्वव्यापी सङ्कटको अवस्थामा ज्वरो जाँच्न प्रयोग गरिने अन्दाजी ३५ सय रुपैयाँ पर्ने थर्मल गनको मूल्य बढाएर १५ हजार रुपैयाँ प्रतिगोटा बेचेको आरोपमा उनलाई प्रहरीले पक्राउ गरेको थियो।

बुधवार साँझ एक विज्ञप्ति जारी गर्दै परराष्ट्र मन्त्रालयले नेपालमा रहेका सबै मानार्थ अवैतनिक वाणिज्यदूतहरूलाई उपलब्ध गराइएका केही विशेष सुविधा खोसिएको जनाएको थियो।

खोसिएको सुविधामा मानार्थ अवैतनिक महावाणिज्यदूतहरूलाई दिइएको नीलो नम्बर प्लेट र सवारी साधनमा राष्ट्रिय झण्डा प्रयोग गर्न दिने विगतको निर्णय अर्को सूचना नभएसम्मका लागि स्थगित गरिएको परराष्ट्र मन्त्रालयले बताएको थियो।

 

Share News