
काठमाडाैं । इसेवाले समाचार हटाइएको भनिएको अनलाइन पोर्टल काठमाण्डुप्रेसडटकमसँग कुनै सम्बन्ध नरहेकाे जनाएकाे छ । विगत केही दिनदेखि उक्त समाचार पोर्टलको न्यूज हटाइएको विषयमा इसेवालाई मुछेर निरन्तर प्रहार गर्ने कार्य विरुद्ध खेद प्रकट गर्दै कम्पनीले शुक्रबार प्रेस विज्ञप्तिमार्फत साे कुरा बताएकाे हाे ।
यस अवस्थामा नियोजित रुपमा इसेवा माथि निरन्तर प्रहार गरिएकाे कार्य कुनै किसिमले पनि न्यायोचित नभएकाे कम्पनीले जनाएकाे छ ।
‘लकडाउनको यस विषम परिस्थितीमा पनि ग्राहकहरुलाई अनवरत सेवा दिनका लागि हाम्रा कर्मचारीहरु ‘वर्क फर्म होम’ अन्तरगत २४ सै घण्टा तपाईको सेवामा कटिबद्ध छन् । मुलुकको यस विषम परिस्थितीमा नगदरहित भुक्तानी लगायतका सेवाहरु अझ प्रभावकारी र अपरिहार्य भएको र यसको हामी भरपर्दो सारथी भएको महशुस गरेका छौँ । ‘- विज्ञप्तिमा उल्लेख छ ।
विभिन्न सञ्चारमाध्यममा आएका समाचार, सामाजिक सञ्जालमा नियोजित रुपमा फैलाइएका अफवाह तथा दुश्प्रचारका पछि नलाग्न ग्राहक, एजेन्ट, सेवा प्रदायक र बैंक तथा वित्तीय संस्थाहरुलाई अनुरोध गरेका छ । साथै, नगदरहित नेपाल बनाउने अभियानमा कहिल्यै पनि बिचलित नहुने इसेवाले जनाएको छ ।
[pdf id=205404]