काठमाडौं । झापास्थित बि एण्ड सि टिचिङ हस्पिटलले कोरोना संभावित र संक्रमित बिरामीको उपचारको लागि आफ्नो अस्पताल र जनशक्ति प्रदान गर्न दिने बताएको छ ।
अस्पतालका कार्यकारी निर्देशक दुर्गा प्रसाईले विज्ञप्ती जारी गर्दै सरकारले चाहेको अवस्थामा कोरोना संभावित र संक्रमित बिरामीको उपचारको लागि आफ्नो अस्पताल र जनशक्ति प्रदान गर्न दिने बताएका हुन् ।
अस्पताल १ सय आईसीयु, २५ भेन्टिलेटर, ८ सय नर्मल बेड र ५ सय शैया सहित उपचारको लागि तयारी अवस्थामा रहेको प्रसाईले बताएका छन् ।
सरकारले आवश्यक उपकरण पर्सनल प्रोटेक्टीभ इक्वीपमेन्ट( पीपीई), एन नाइन्टी फाइभ माक्स, र परिक्षण किट उपलब्ध गराइदिए अस्पताल र जनशक्ति सरकारले प्रयोग गर्नसक्ने उल्लेख गरेका छन् ।