लकडाउन उल्लङ्घन गर्ने ३०२ सवारी साधन पक्राउ

<p>&nbsp; काठमाडौँ । कोरोना भाइरस (कोभिड-१९) को रोकथामका लागि नेपाल सरकारले लागू गरेको लकडाउन उल्लङ्घन गर्ने सवारी साधनलाई महानगरीय ट्राफिक प्रहरी महाशाखाले काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट नियन्त्रणमा लिएको छ । अटेर गरी लकडाउन उल्लङ्घन गरी सञ्चालन गरेका ३०२ सवारी साधनलाई विभिन्न स्थानबाट ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको महाशाखाका प्रवक्ता प्रहरी उपरीक्षक जीवन कुमार श्रेष्ठले जानकारी दिए [&hellip;]</p>

 

काठमाडौँ । कोरोना भाइरस (कोभिड-१९) को रोकथामका लागि नेपाल सरकारले लागू गरेको लकडाउन उल्लङ्घन गर्ने सवारी साधनलाई महानगरीय ट्राफिक प्रहरी महाशाखाले काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट नियन्त्रणमा लिएको छ ।

अटेर गरी लकडाउन उल्लङ्घन गरी सञ्चालन गरेका ३०२ सवारी साधनलाई विभिन्न स्थानबाट ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको महाशाखाका प्रवक्ता प्रहरी उपरीक्षक जीवन कुमार श्रेष्ठले जानकारी दिए । त्यसमा २६१ वटा २ पाङ्ग्रे सवारी छन्र भने ४१ वटा चार पाङ्ग्रे सवारी रहेका छन् ।

साथै घरबाट अनावश्यक रूपमा निस्केका सर्वसाधारणलाई समेत सम्झाई बुझाई गरी घरतर्फ नै फर्काईएको छ ।

अत्यावश्यक सेवा र पासका सवारी साधन मात्रै चल्न पाउने, अन्य सवारी साधनलाई नचलाउन र सर्बसाधारणलाई घरबाट ननिस्कन समेत आग्रह गरिएको छ ।

निम्न स्थानहरूबाट सवारी साधन नियन्त्रणमा लिएको

चैत्र १२ गते विहान ८:०० बजेसम्म

सि.नं. कार्यालयको नाम २ पाङ्ग्रे सवारी संख्या ४ पाङ्ग्रे सवारी संख्या जम्मा
1. मनट्राप्र वृत्त, जनसेवा १२ १ १३
2. मनट्राप्र प्रभाग, दरबारमार्ग १४ १४
3. मनट्राप्र प्रभाग, ठमेल २ २
4. मनट्राप्र वृत्त, सोह्रखुट्टे ८ ४ १२
5. मनट्राप्र प्रभाग, पुरानो बसपार्क १ १
6. मनट्राप्र वृत्त, कमलपोखरी २० ४ २४
7. मनट्राप्र वृत्त, सिहदरबार ५ ५
8. मनट्राप्र प्रभाग, थापाथली ८ ८
9. मनट्राप्र वृत्त, कालीमाटी ३० ३ ३३
10. मनट्राप्र प्रभाग, बल्खु २० २०
11. मनट्राप्र प्रभाग, किर्तिपुर
12. मनट्राप्र प्रभाग, फर्फिङ्ग
13. मनट्राप्र प्रभाग, कंलकी १५ १५
14. मनट्राप्र प्रभाग, नागढुङ्गा
15. मनट्राप्र प्रभाग, थानकोट ४ ४
16. मनट्राप्र वृत्त, स्वयम्भू ७ ७
17. मनट्राप्र वृत्त, नयाबसपार्क २२ ४ २६
18. मनट्राप्र वृत्त, महाराजगञ्ज ८ ८
19. मनट्राप्र प्रभाग, टोखा ९ १ १०
20. मनट्राप्र प्रभाग, बुढानिलकन्ठ १२ २ १४
21. मनट्राप्र प्रभाग, सुकेधारा ५ ५
22. मनट्राप्र वृत्त, बोद्ध ६ ६
23. मनट्राप्र प्रभाग, कपन १० १ ११
24. मनट्राप्र प्रभाग, साँखु
25. मनट्राप्र प्रभाग, गौशाला २० २०
26. मनट्राप्र प्रभाग, एयरपोर्ट २ २
27. मनट्राप्र प्रभाग, गौचरण
28. मनट्राप्र वृत्त, कोटेश्वर ४ १ ५
29. मनट्राप्र प्रभाग, काडाँघारी
30. मनट्राप्र परिसर, भक्तपुर १ ५ ६
31. मनट्राप्र प्रभाग, गठ्ठाघर १ १ २
32. मनट्राप्र प्रभाग, कमलविनायक
33. मनट्राप्र परिसर, ललितपुर ८ ८
34. मनट्राप्र वृत्त, जावालाखेल ४ ४
35. मनट्राप्र प्रभाग, मंगलबजार ६ ६
36. मनट्राप्र प्रभाग, सानेपा ३ ३
37. मनट्राप्र प्रभाग, चापागाउँ १ १
38. मनट्राप्र प्रभाग, भैसेपाटी ७ ७
  जम्मा २६१ ४१ ३०२

 

Share News