न्यूयोर्क । कोरोना भाइरस (कोभिड १९) संक्रमणबाट अमेरिकामा एक नेपालीको मृत्यु भएको छ ।
उपचारको क्रममा न्यूयोर्क अस्पतालमा ५० वर्षिय अनिल सुब्बाको मृत्यु भएको हो । पाँचथर घर भएका सुब्बा आफ्नो छोरा, छोरी तथा श्रीमतीको साथमा अमेरिका बस्दै आएका थिए ।
अमेरिकामा कोरोना भाइरसको कारण मृत्यु हुने सुब्बा पहिलो नेपाली मुलुकका नागरिक हुन् । उनी मधुमेह र उच्च रक्तचापको रोगी थिए । यस अगाडी बेलायतमा एक नेपालीकाे मृत्यु भएकाे थियाे ।
सम्बन्धित समाचार :