काठमाडाैं । सरकारले चीन र भारतका सीमा नाकाहरू बन्द गर्ने निर्णय गरेपनि पेट्रोलियम पदार्थ भने सहज रूपमा आउने जनाइएकाे छ । नेपाल आयल निगमले साेमबार एक सूचना जारी गर्दै पेट्रोलियम पदार्थ सहज आपूर्ति हुने बताएकाे हाे ।
‘नेपाल सरकार मन्त्रिपरिषद्को २०७६ चैत्र १० देखि सात दिनसम्मका लागि नेपाल चीन तथा भारत तर्फका सिमाहरु तत्काल बन्द गरिने निर्णय मानिसहरुको आवागमनमा रोक लगाइको तर अत्यावश्यक सेवाको कारोवार पेट्रोलियम पदार्थ, ग्यास आयात तथा ढुवानी निरन्तर चालु रहने जानकारी गरिन्छ,’ सूचनामा लेखिएकाे छ ।
साथै, निगमका आ-आफ्ना क्षेत्रका कार्यालप प्रमुख तथा ढुवानी व्यवसायीहरुले स्थानीय प्रशासन तथा भन्सारसंग समन्वय गरी पेट्रोलियम पदार्थको ढुवानी कार्य सूचारु राख्न हुन निर्देशन दिइएकाे छ ।