त्रिशुली गल्छी जलविद्युत आयोजनाको पीपीए खारेज

<p>काठमाडौं । ७५ मेगावाटको त्रिशुली गल्छी जलविद्युत आयोजनाको विद्युत् खरीद बिक्री सम्झौता (पीपीए) खारेज भएको छ । नुवाकोट र धादिङमा निर्माण हुने भनिएको जलविद्युत आयोजनाको नेपाल विद्युत प्राधिकरणले सोमबार सार्वजनिक सूचना गरी सम्झौता खारेज गरिएको जानकारी गराएको छ । पीपीएमा भएको व्यवस्था बमोजिम आयोजनाको प्रवर्द्धक कम्पनी सिद्धकाली पावरले लगानी जोहो (वित्तीय व्यवस्थापन) गर्न नसकेको भन्दै सम्झौता खारेज गरिएको जानकारी [&hellip;]</p>

काठमाडौं । ७५ मेगावाटको त्रिशुली गल्छी जलविद्युत आयोजनाको विद्युत् खरीद बिक्री सम्झौता (पीपीए) खारेज भएको छ । नुवाकोट र धादिङमा निर्माण हुने भनिएको जलविद्युत आयोजनाको नेपाल विद्युत प्राधिकरणले सोमबार सार्वजनिक सूचना गरी सम्झौता खारेज गरिएको जानकारी गराएको छ ।

पीपीएमा भएको व्यवस्था बमोजिम आयोजनाको प्रवर्द्धक कम्पनी सिद्धकाली पावरले लगानी जोहो (वित्तीय व्यवस्थापन) गर्न नसकेको भन्दै सम्झौता खारेज गरिएको जानकारी गराएको हाे । ऊर्जा जलस्रोत तथा सिंचाइ मन्त्रालयले आयोजनाको उत्पादन अनुमतिपत्र पनि गत मंसिरमा खारेज गरिसकेको छ । मन्त्रालयले अनुमपति पत्र खारेज गरी आयोजनालाई बास्केटमा राखेको छ ।

प्राधिकरण र कम्पनीबीच २०७३ जेठ २०मा पीपीए भएको थियो । पीपीएको दफा ३८.२मा भएको प्रावधान बमोजिम कम्पनीले २१ महिनाभित्र वित्तीय व्यवस्थापन गर्न नसकेपछि सम्झौता खारेज गरिएको प्राधिकरणले जानकारी दिएको छ ।

दफा ३८.२मा सम्झौता लागू भएको २१ महिनाभित्र आयोजनाको वित्तीय व्यवस्थापन समापन भएको विवरणसहितको जानकारी दिनु पर्ने र त्यस्तो विवरण प्राधिकरणमा प्राप्त नभएमा सम्झौता स्वतः खारेज हुने व्यवस्था छ ।

आयोजनाको अनुमानित लागत १५ अर्ब ५० करोड रुपैयाँ थियो । त्यसमध्ये ९ अर्ब ८३ करोड रुपैयाँ चिनियाँ कम्पनीले लगानी गर्ने र बाँकी नेपाली लगानीकर्ताबाट जुटाउने गरी समझदारी भएको थियो ।

Share News