कोरोना नियन्त्रण सम्वन्धी सामाग्री दुई घण्टाभित्र जाँचपास गर्न भन्सार विभागकाे निर्देशन 

<p>काठमाडौं। कोरोना नियन्त्रण सम्वन्धी सामाग्री दुई घण्टाभित्र जाँचपास गर्न भन्सार विभागकाे निर्देशन  दिएकाे छ ।आफ्ना कार्यालयलाई आइतबार एक परिपत्र गर्दै विभागले  सो निर्देशन दिएको हो । विभागले विदेशबाट आयात हुने मास्क स्यानिटाइजर, सर्जिकल ग्लोब्स, औषधीको कच्चा पदार्थलाई दुई घण्टाभित्र जाँचपास गर्न निर्देशन दिएको हो। यस्तै दाल, चामल, नुन, खाने तेल पेट्रोलियम पदार्थ तथा व्यक्तिगत सुरक्षाका सामाग्री [&hellip;]</p>

काठमाडौं। कोरोना नियन्त्रण सम्वन्धी सामाग्री दुई घण्टाभित्र जाँचपास गर्न भन्सार विभागकाे निर्देशन  दिएकाे छ ।आफ्ना कार्यालयलाई आइतबार एक परिपत्र गर्दै विभागले  सो निर्देशन दिएको हो ।

विभागले विदेशबाट आयात हुने मास्क स्यानिटाइजर, सर्जिकल ग्लोब्स, औषधीको कच्चा पदार्थलाई दुई घण्टाभित्र जाँचपास गर्न निर्देशन दिएको हो। यस्तै दाल, चामल, नुन, खाने तेल पेट्रोलियम पदार्थ तथा व्यक्तिगत सुरक्षाका सामाग्री जाँचपासलाई प्राथमिकता दिन पनि विभागले निर्देशन दिएको छ।

जाँच पासमा खटिने कर्मचारीहरुमा कुनै दुविधा भएमा निर्देशक तथा उपनिर्देशकलाई सम्पर्क गर्न आग्रह गरिएको छ। यदि जाँचपासमा खटिने कर्मचारीमा कुनै दुविधा भएमा विभिन्न कर्मचारीहरुलाई सम्पर्क गर्न आग्रह गरेको छ।

Share News