कोरोनाबारे गलतसूचना सम्प्रेषण गर्नेविरुद्द अनलाइनबाट उजुरी गर्न सकिने

<p>काठमाडाैं । प्रेस काउन्सिल नेपालले सामाजिक सञ्जालमा कोरोनाबारे अफवाह फैलाएर गलत सूचना सम्प्रेषण गर्नेविरुद्द उजुरी गर्न आग्रह गरेको छ । काउन्सिलले आइतबार प्रेस विज्ञप्ति जारी गर्दै केही मिडिया, सामाजिक सञ्जाल प्रयोगकर्ता र जिम्मेवारी व्यक्तिले अफवाह फैलाएकाे उल्लेख गर्दै त्यस्ताे गर्नेविरूद्द उजुरी गर्न आग्रह गरेको हाे । काउन्सिलले गलत सूचना, समाचार सम्प्रेषण नगर्न निर्देशनसमेत दिएको छ । साथै, संयमित हुनुपर्ने गम्भीर समयमा [&hellip;]</p>

काठमाडाैं । प्रेस काउन्सिल नेपालले सामाजिक सञ्जालमा कोरोनाबारे अफवाह फैलाएर गलत सूचना सम्प्रेषण गर्नेविरुद्द उजुरी गर्न आग्रह गरेको छ । काउन्सिलले आइतबार प्रेस विज्ञप्ति जारी गर्दै केही मिडिया, सामाजिक सञ्जाल प्रयोगकर्ता र जिम्मेवारी व्यक्तिले अफवाह फैलाएकाे उल्लेख गर्दै त्यस्ताे गर्नेविरूद्द उजुरी गर्न आग्रह गरेको हाे ।

काउन्सिलले गलत सूचना, समाचार सम्प्रेषण नगर्न निर्देशनसमेत दिएको छ । साथै, संयमित हुनुपर्ने गम्भीर समयमा समाजका कतिपय जिम्मेवारी व्यक्तिले समेत आम मानिसलाई नै आतङ्कित र तरङ्गित बनाउने गरी केही मिडियामार्फत् अफवाह फैलाइरहेकोप्रति ध्यानाकर्षण भएको जनाएको छ ।

कसैले अफवाह फैलाउने सामग्री सम्प्रेषण भएको पाइएमा उजुरी गरेर सहयोग गरिदिनुहुन काउन्सिलले अनुरोध गरेको छ । त्यसका लागि  http://complain.presscouncilnepal.org वा[email protected] मा उजुरी गर्न सकिने जनाइएको छ ।

Share News