काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार दिउँसो ४ बजे मन्त्रिपरिषद्को बैठक बोलाएका छन् । प्रधानमन्त्री ओलीले मिर्गौला पुनः प्रत्यारोपणपछि आज पहिलोपटक मन्त्रिपरिषद्का बैठक बोलाएका हुन् ।
फागुन १८ गतेपछि आज पहिलो पटक मन्त्रिपरिषदको बैठक बस्ने लागको हो । उक्त १८ गतेको बैठकले कोरोना संक्रमणको रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको गठन गरेको थियो ।
आजको बैठकमा यो बीचमा उक्त समितिले गरेको काम कारबाहीको समीक्षा हुने छ । बैठकले कोरोनाको उच्च जोखिमलाई मध्यनजर गर्दै केही महत्वपूर्ण निर्णय लिने बुझिएको छ ।