अब बिद्युत महसुल तिर्न ढिलाई भएपनि जरिवाना नलाग्ने

<p>काठमाडौं । अब बिद्युत महसुल तिर्न ढिलाई भए जरिवाना नलाग्ने  भएकाे छ । कोरोना भाइरसको असरका कारण विद्युत महसुल तिर्न ढिलाई भएमा कुने जरिवाना शुल्क नलाग्ने बताइएकाे छ । विद्युतका उपभोक्ताका लागि महसुल तिर्न ढिलो गर्दा लाग्ने जरिवाना छुट दिने निर्णय भएको प्राधिकरणले जनाएको छ । सरकारले विद्युत महसुल तिर्न नेपाल विद्युत प्राधिकरणका विलिङ काउन्टरमा लाग्ने भिड [&hellip;]</p>

काठमाडौं । अब बिद्युत महसुल तिर्न ढिलाई भए जरिवाना नलाग्ने  भएकाे छ । कोरोना भाइरसको असरका कारण विद्युत महसुल तिर्न ढिलाई भएमा कुने जरिवाना शुल्क नलाग्ने बताइएकाे छ ।

विद्युतका उपभोक्ताका लागि महसुल तिर्न ढिलो गर्दा लाग्ने जरिवाना छुट दिने निर्णय भएको प्राधिकरणले जनाएको छ । सरकारले विद्युत महसुल तिर्न नेपाल विद्युत प्राधिकरणका विलिङ काउन्टरमा लाग्ने भिड कम गर्न महसुल तिर्न ढिलाई हुँदाको जरिवाना शुल्क मिनाहा गर्ने निर्णय गरेको हो ।

सरकारले २५ जनाभन्दा बढीकाे भिड नगर्न निर्देशन दिएसँगै प्राधिकरणले यस्ताे निर्णय गरेकाे हाे । याे भन्दा अगाडि प्राधकरणमा विद्युत महसुल तिर्नेकाे भिड लाग्ने गर्थ्याे ।

Share News