
काठमाडाैं । सरकारले आगामी चैत ९ गतेदेखि २१ गतेसम्म अत्यावश्यक सेवा बाहेक बाँकी सबै सेवाहरु बन्द गर्ने निणर्य गरेको छ ।
शुक्रबार देशवासीको नाममा सम्बाेधन गर्दै प्रधानमन्त्री केपी ओलीले देशवासीको नाममा सम्बाेधन गर्दै चैत ९ गतेदेखि १३ दिनसम्म अत्यावश्यक बाहेकका सेवा बन्द गर्न आह्वान गरेका छन् ।
नेपाल राजपत्रमा प्रकाशित अत्यावश्यक सेवा सम्बन्धि व्यवस्थामा १८ वटा परेका छन् । जुन ९ गतेपछि पनि बन्द नहुने भएका छन् ।
के-के हुन् त अत्यावश्यक सेवाहरू ?
– दैनिक उपभाग्य वस्तुहरू (खाद्यान्न, दाल चामल नुन तेल) को पठारी, ढुवानी, भण्डारण तथा वितरणसम्बन्धी सेवा
– पेट्रोलियम पदार्थको पैठारी ढुवानी र वितरणसम्बन्धी सेवा
– सञ्चार सेवा
– आन्तरिक सुरक्षा कार्यसँग सम्बन्धित सेवा
– खानेपानीको सञ्चालन तथा वितरण सेवा
– पर्यटन, आवास, माेटेल, होटेल रेष्टुरा र रिसोर्टसम्बन्धी सेवा
– अस्पताल तथा स्वास्थ्य केन्द्र सञ्चालनसम्बन्धी (एम्बुलेन्स सेवाजस्ता सेवाहरु)
– औषधि निर्माण तथा बिक्री वितरणसम्बन्धी सेवा
– फोहोर मैलाको सङ्कलन, ढुवानी, प्रशोधन, विसर्जन, स्थान निर्माण, पूर्वाधार -निर्माण र सङ्कलन स्थल एवं व्यवस्थापन क्षेत्रसँग सम्बन्धित सेवा
– बैंकिङ सेवा
– बीमा सेवा
– विद्युत सेवा
– डाँक तार वा टेलिफोन सेवा
– स्थल तथा हवाइमार्गबाट यात्रु वा मालसामान ओसारपसार गर्ने सेवा
– हवाई अड्डा ,हवाई जहाजको देखभाल, त्यसको सञ्चालन वा मर्मत गर्ने कामसँग सम्बन्धित सेवा
– हवाई ग्राउन्ड, रेलवे स्टेसन वा सरकारी गोदाममा मालसामान ओसारपसार, राख्ने झिक्ने वा थन्क्याउने कामसँग सम्बन्धित सेवा
– प्रिन्ट वा सरकारी छापाखानासँग सम्बन्धित सेवा
– हातहतियार, खरखजाना वा अरू कुनै सैनिक सरसामानको उत्पादन गर्ने, थन्क्याउने, वितरण गर्ने कामसँग सम्बन्धित सेवा