प्रधानमन्त्रीले भनेः अर्थतन्त्रमा संकुचन आउन नदिने कार्यक्रम ल्याउछाैं

<p>काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अर्थतन्त्रलाई संकुचन आउन नदिने उपयुक्त कार्यक्रम छिटै ल्याउने बताएका छन् । देशवासीका नाममा शुक्रबार सम्बोधन गर्दै ओलीले अर्थ व्यवस्थामा परेको र पर्न सक्ने असरको विश्लेषण गरी अर्थतन्त्रमा संकुचन आउन नदिन सरकारले छिटै उपयुक्त कार्यक्रम ल्याउने घोषणा गरेका हुन् । उनले कोरानाको महामारीले विश्वव्यापी रूपमा अर्थतन्त्रमा परेको प्रभावको विषयमा अर्थ [&hellip;]</p>

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अर्थतन्त्रलाई संकुचन आउन नदिने उपयुक्त कार्यक्रम छिटै ल्याउने बताएका छन् । देशवासीका नाममा शुक्रबार सम्बोधन गर्दै ओलीले अर्थ व्यवस्थामा परेको र पर्न सक्ने असरको विश्लेषण गरी अर्थतन्त्रमा संकुचन आउन नदिन सरकारले छिटै उपयुक्त कार्यक्रम ल्याउने घोषणा गरेका हुन् ।

उनले कोरानाको महामारीले विश्वव्यापी रूपमा अर्थतन्त्रमा परेको प्रभावको विषयमा अर्थ मन्त्रालयले सूक्ष्म अध्ययन गरिरहेको बताए । त्यसका आधारमा अर्थतन्त्रमा संकुचन नआउने गरी छुट्टै प्योकज ल्याउन उनले घोषण गरेका हुन् ।

उनले उद्यमी तथा र श्रमजीवी– श्रमको संसारका सबै सहयात्रीमा यस महामारीले सिर्जना गर्न सक्ने प्रतिकूलताप्रति सरकार संवेदनशील रहेको भन्दै त्यसलाई सम्बोधन गर्ने उद्घोष गरे । यसका लागि सबैलाई आ-आफ्नो ठाउँबाट सहयोग गर्न अनुरोध पनि गरे ।

Share News