काठमाडाैं । सार्क राष्ट्रहरु मिलेर बनाइने कोभिड -१९ आपतकालीन कोषका लागि नेपाल सरकारले १० करोड रुपैयाँ सहयोग गर्ने भएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले गरेको आपतकालीन कोष स्थापना गर्ने प्रस्तावको यसअघि नै स्वागत गरिसकेको जनाउँदै १० करोड नेपालको योगदान रहने बताएका हुन् ।
उनले शुक्रबार देशवासीका नाममा सम्बोधन गर्दै १० करोड रुपैयाँ सहयोग गर्ने बताएका हुन् । भारत सरकारले उक्त कोषका लागि १० मिलियन अमेरिकी डलर सहयोग गर्ने प्रतिबद्धता जनाएको थियो । सार्क राष्ट्रहरुले याे काेषका लागि सहयाेग गर्ने क्रम बढ्दै गएकाे छ ।