अब सवारी साधनमा मापसे चेक नहुने

<p>काठमाडौं । अब सवारी चालकलाई मादक पदार्थ चेकिङ नहुने भएको छ । ट्राफिक प्रहरीले अब सवारी चालकको मापसे चेकिङ नगर्ने निर्णय गरेकाे हो। विश्वभर कोरोना भाइरस फैलिरहेको बेला नेपाल प्रहरीले पनि अनिश्चित समयका लागि मात्र मापसे चेकिङ स्थगित गरेको बताइएको छ । कोरोना भाइरस फैलन सक्ने डरको कारण मापसे चेकिङ रोकिएको हो । मापसे चेकिङ नगरेपनि अन्य [&hellip;]</p>

काठमाडौं । अब सवारी चालकलाई मादक पदार्थ चेकिङ नहुने भएको छ । ट्राफिक प्रहरीले अब सवारी चालकको मापसे चेकिङ नगर्ने निर्णय गरेकाे हो। विश्वभर कोरोना भाइरस फैलिरहेको बेला नेपाल प्रहरीले पनि अनिश्चित समयका लागि मात्र मापसे चेकिङ स्थगित गरेको बताइएको छ ।

कोरोना भाइरस फैलन सक्ने डरको कारण मापसे चेकिङ रोकिएको हो । मापसे चेकिङ नगरेपनि अन्य चेकिङ भने नियमित गरिने प्रहरीले जनाएको छ । चालकहरु अत्याधिक मदिरा सेवन गरेर आएको पाइएमा अस्पतालमा लगेर चेकिङ हुनेछ ।

ट्राफिक महाशाखाले दैनिक रूपमा हुदैँ आएको मापसे लगायत अन्य चेकिङहरू अति आवश्यक अवस्थाबाहेक अन्य अवस्थामा नगर्ने तर चेकिङ गर्नुपर्ने अवस्थामा सावधानीपूर्वक चेकिङ गर्ने व्यवस्था मिलाईएको जनाएको छ ।

स विषम परिस्थितिमा सम्पूर्ण सवारी चालकहरूलाई मापसे लगायत अन्य ट्राफिक नियम उल्लङ्घन गरी सवारी नचलाउन अनुरोध गरेको छ ।
।

Share News