काठमाडौं । अमेरिकी डलरको भाउ अहिले सम्मकै उच्च भएकाे छ । दिनप्रतिदिन बढ्दै गएको डलरका मूल्य शुक्रबार झन बढी भएको हाे । नेपाल राष्ट्र बैंकले शुक्रबार एक अमेरिकी डलरको खरिददर ११९ रुपैयाँ ६८ पैसा र बिक्रीदर १२० रुपैयाँ २८ पैसा निर्धारण गरेको छ ।
यो हालसम्मकै उच्च मूल्य हो । विश्वभर काेराेना भाइरसकाे संक्रमण बढिरहेकाे बेला डलरकाे मूल्य पनि बढी भएकाे छ । कोरोना भाइरसको संक्रमण बढ्दै जाँदा लगानीकर्ता सुनतर्फ आकर्षित भएका हुन् ।