काठमाडौं । साताको अन्तिम दिन शुक्रबार सुनको मुल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ५ सय रूपैयाँले बढेर प्रतितोला ७५ हजार ५ सय रूपैयाँमा कारोबार भइरहेको छ ।
यसअघि विहिबार सुन प्रतितोला ७५ हजार रूपैयाँमा कारोबार भएको थियो । महासंघका अनुसार तेजावी सुनको मूल्य आज रु ७५ हजार २०० कायम गरिएको छ ।
यस्तै, शुक्त्रबार चाँदीको मूल्य पनि बढेको छ । आज, चाँदी तोलामा २० रूपैयाँले बढेर प्रतितोला ७ सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।