काठमाडौं । विश्व कोरोनाको त्रासमा रहेको अवस्थामा वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या अघिल्ला महिनामा जस्तो छ ।
गत माघमा ४८ हजार ६ सय ७४ जना नेपाली विदेशीयका थिए भने फागुन महिनामा ४९ हजार ४ सय ५० नेपाली युवा बाहिरीयका छन् । जसमा ४५ हजार ४ सय ६८ पुरुषले भने ३ हजार ९ सय ८२ संख्यामा महिला रहेको वैदेशिक रोजगार विभागले जानकारी दिएको छ ।
अर्थतन्त्रमा अबल रहेका देशहरुले नै आर्थिक संकट घोषणा गरेसँगै नेपाली अर्थतन्त्रको खम्बा डग्मगाएको छ । नेपालको कुल अर्थतन्त्रको २० प्रतिशत धार धान्ने रेमिट्यान्स गुम्ने हो कि भन्ने चिन्ता सरकारलाई छ भने लाखौं व्यक्तिको दैनिक गुजारा गर्नकै लागि विदेशीने युवाको संख्या यो महामारी (कोभिड १९) को संक्रमण फैलिदा पनि खासै नघटेको पाइयो ।
फागुन महिनाको अन्तिम सातादेखि सरकारले श्रम स्वीकृति बन्द गरेको थियो । नेपालीको स्वास्थ्य अवस्थाप्रति सरकारले मध्यनजर गर्दै श्रम स्वीकृति नै रोक्का गरिएको हो । फागुनको १ गतेदेखि २५ गतेसम्मको तथ्यांकनुसार यूएई जानका लागि सबैभन्दा बढी नेपाली युवा जनशक्तिले श्रम स्वीकृति लिएका छन् ।
१२ हजार १ सय ६ जनाले श्रम स्वीकृति लिएको यूएई पछि साउदीमा ११ हजार २ सय १५ जना, मलेसियाका लागि १० हजार ९ सय १५ युवाले श्रम स्वीकृति लिएका छन् । त्यस्तै कतारमा ८ हजार ४ सय १३ जना बाहिरीय, कुवेत २ हजार २ सय ९२ जना, ७ सय ३० जनाले बहराइका लागि र जापानका लागि ५ सय ५१ जना विदेशीय जस्तै सो समयमा अन्य ८७ वटा मुलुकमा गएका छन् ।
गत वर्षको तथ्यांक हेर्ने हो, भने वार्षिक ५ लाखभन्दा बढी नेपाली युवा वैदेशिक रोजगारीका लागि देश छोड्नु पर्ने अवस्था रहेको छ । औसत भन्ने हो भने, दैनिक १२ सयभन्दा बढी नेपाली नागरिक विदेशीने गर्छन ।