आमा-बुबाको हत्या गर्ने छोरा पक्राउ

<p>काठमाडौं । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका-११ कलुवापुरमा भएको भण्डारी दम्पत्ती हत्या प्रकरणमा संलग्न छोरालाई कञ्चनपुर प्रहरीले सोमबार सार्वजनिक गरेको छ। गत फागुन १५ गते घरभित्र मृत भेटिएका जयलाल भण्डारी र उनकी श्रीमती धनाको हत्यामा संलग्न २६ वर्षीय छोरा भरत भण्डारीलाई प्रहरीले डडेल्धुराबाट पक्राउ गरेको हो । प्रहरीका अनुसार भण्डारीले बुवा र कान्छी आमाको धारिलो हतियार प्रहार [&hellip;]</p>

काठमाडौं । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका-११ कलुवापुरमा भएको भण्डारी दम्पत्ती हत्या प्रकरणमा संलग्न छोरालाई कञ्चनपुर प्रहरीले सोमबार सार्वजनिक गरेको छ। गत फागुन १५ गते घरभित्र मृत भेटिएका जयलाल भण्डारी र उनकी श्रीमती धनाको हत्यामा संलग्न २६ वर्षीय छोरा भरत भण्डारीलाई प्रहरीले डडेल्धुराबाट पक्राउ गरेको हो ।

प्रहरीका अनुसार भण्डारीले बुवा र कान्छी आमाको धारिलो हतियार प्रहार गरी हत्या गरेको अनुसन्धानबाट खुलेको छ  ।डडेल्धुराबाट १३ गते मोटरसाइकलको ट्रायल दिन महेन्द्रनगर पुगेका भण्डारीले डडेल्धुरास्थित घर फर्किनका लागि हिडेका थिए।

मध्य रातमा हत्या गरी फर्केका भण्डारीले रगताम्य लुगा र हत्यामा प्रयोग भएको हतियार भासुभीरमा फोलेको प्रारम्भिक बयान दिएको प्रहरीले जनाएको छ ।  तर, कैलालीको गोदावरी पुगेर उनी मादक पर्दाथ सेवन गरी कलुवार फर्किएका थिए । सोही राती कान्छी आमासँग विवाद भएपछि हत्या भएको प्रहरीले जनाएको छ।

 

Share News