लाईसेन्सको ट्रायल दिने नक्कली परिक्षार्थी पक्राउ

<p>काठमाडौं । लाईसेन्सको ट्रायल दिने नक्कली परिक्षार्थी जनक न्यौपाने र सुभाष सिह धामीलाई प्रहरीले बिहीबार पक्राउ गरेको छ । नेपाल ड्राईभिङ सेन्टर, गंगाहिटीमा संचालन भएको मोटरसाईकलको प्रयोगात्मक परीक्षामा नक्कली प्रशिक्षार्थीले परीक्षा दिएको भन्ने गोप्य सूचनाको आधारमा ती दुईलाई नियन्त्रणमा लिइएको हो । महानगरीय ट्राफिक प्रहरी महाशाखाबाट खट्टिएको ट्राफिक प्रहरी टोलीले आज अं। १३स्०० बजेको समयमा [&hellip;]</p>

काठमाडौं । लाईसेन्सको ट्रायल दिने नक्कली परिक्षार्थी जनक न्यौपाने र सुभाष सिह धामीलाई प्रहरीले बिहीबार पक्राउ गरेको छ ।

नेपाल ड्राईभिङ सेन्टर, गंगाहिटीमा संचालन भएको मोटरसाईकलको प्रयोगात्मक परीक्षामा नक्कली प्रशिक्षार्थीले परीक्षा दिएको भन्ने गोप्य सूचनाको आधारमा ती दुईलाई नियन्त्रणमा लिइएको हो ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाबाट खट्टिएको ट्राफिक प्रहरी टोलीले आज अं। १३स्०० बजेको समयमा दुई जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा जिल्ला कैलाली घोडाघोडी नगरपालिका वडा नं। १० घर भई धापासी बस्ने जनक न्यौपाने र जिल्ला दार्चुला मालिकार्जुन गाउँपालिका वडा नं।३ वस्ने बर्ष १९ को सुभाष सिह धामी परेका हुन् ।

न्यौपानेले थापाको नाममा बाजुराबाट जारी भएको नागरिकतामा नेपाल सरकारको लोगो भएको कागजमा आफ्नो फोटो टासी परीक्षा दिन आएका थिए ।

प्रकाउ परेका ती व्यक्तिहरूलाई कसुर अपराध गरेको हुनाले थप अनुसन्धान तथा आवश्‍यक कारवाहीको लागि महानगरीय प्रहरी वृत्त, गौशाला पठाइएको छ ।

Share News