काठमाडौं । कम्पनी रजिस्ट्रारको कार्यालयबाट लेखापरीक्षक रामचन्द्र श्रेष्ठ र नायब सुब्बा डोरप्रसाद पन्थी घूससहित पक्राउ परेका छन् ।
अभिलेख अध्यावधिक गर्ने प्रयोजनका लागि आउने अख्तियारवाला व्यक्तिबाट काम सहज गरिदिए बापत लिएको घूस ५ हजार रुपैयाँ लेनदेन गर्ने क्रममा दुवैलाई पक्राउ गरिएको अख्तियार दुरूपयोग अनुसन्धान आयोगले जानकारी दिएको छ ।
अभिलेख अध्यावधिक गर्ने प्रयोजनका लागि आउने अख्तियारवाला व्यक्तिहरूबाट काम सहज गरिदिए बापत घुसररिसवत माग गरेको भन्ने सूचनाका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंगालबाट खटिएको टोलीले नायब सुब्बा डोरप्रसाद पन्थी र लेखा परीक्षक रामचन्द्र श्रेष्ठबीच ५ हजार लिने क्रममा रकमसहित दुवैलाई कार्यालय परिसरबाट नियन्त्रणमा लिई अख्तियारले अनुसन्धान गरिरहेको छ ।