दमकल छिर्न नसक्ने राजधानीका गल्लीमा बिछ्याइयाे पाइप, ३ सय परिवार आगलागीबाट सुरक्षित

<p>काठमाडौं । घनाबस्ती रहेको राजधानीको केलटोल मासंगल्ली क्षेत्रमा आगलागी हुँदा नियन्त्रण गर्ने उद्देश्यले ३ सय घरलाई सहयोग पुग्ने गरी पाइपलाइन जडान गरिएको छ । नेपाल रेडक्रस सोसाइटी र काठमाडौँ महानगरपालिका–२५ ले संयुक्त रुपमा समय समयमा हुने गरेको आगलागीको विपद् व्यवस्थापनका लागि पाइप जडान गरेका हुन् । साना गल्लीमा दमकल छिर्न नसक्ने भएकाले नै सो ठाउँमा [&hellip;]</p>

काठमाडौं । घनाबस्ती रहेको राजधानीको केलटोल मासंगल्ली क्षेत्रमा आगलागी हुँदा नियन्त्रण गर्ने उद्देश्यले ३ सय घरलाई सहयोग पुग्ने गरी पाइपलाइन जडान गरिएको छ । नेपाल रेडक्रस सोसाइटी र काठमाडौँ महानगरपालिका–२५ ले संयुक्त रुपमा समय समयमा हुने गरेको आगलागीको विपद् व्यवस्थापनका लागि पाइप जडान गरेका हुन् ।

साना गल्लीमा दमकल छिर्न नसक्ने भएकाले नै सो ठाउँमा पाइप विछ्याइएको हो ।रेडक्रसले उत्थानशील नगर प्रवद्र्धन र सहभागिता कार्यक्रमअन्तर्गत रु पाँच लाख सहयोग गरेको महानगरपालिका २५ नं वडाका अध्यक्ष नीलकाजी शाक्यले जानकारी दिए । पाइप लाइन बिच्छ्याउन वडाले रु दुई लाख, टोलका अन्य संस्था एवं उपभोक्ताबाट रु एक लाख ४० हजार ६ सय गरी कूल रु नौ लाख ४० हजार ६ सय को लागतमा काम सम्पन्न भएको हो ।

यस योजनाले ३ सय परिवारलाई आगलागीबाट सुरक्षित गर्नेछ । वडा क्षेत्रका गल्लीमा धेरै कपडाका पसल रहेकाले एक ठाउँमा आगलागी भए गल्लीमा असरल्ल छोडिएको तारका माध्यमबाट सहजै धेरैतिर फैलने गरेको छ ।

गल्लीमा अस्तव्यस्त रहेको तारले पनि आगलागीलाई थप फैलाउने गरेको केल मासंगल्ली उपभोक्ता समितिका अध्यक्ष पुष्परत्न महर्जनले बताए । पाइपलाइन जडानसँगै अव्यवस्थित तारलाई पनि व्यवस्थित गरिने उनले सुनाएका छन् ।

साना गल्ली भएकाले यहाँ दमकल छिर्न सक्दैन । दमकल छिर्न नसक्ने भएकैले विपद् व्यवस्थापनमा काम गरेको रेडक्रससँग सहकार्य गरी पाइप लाइन जडान गरिएको वडाध्यक्ष शाक्यले बताए । यसको प्रारम्भिक परीक्षण पुस २६ गते गरिने जनाइएको छ ।

Share News