कोहलपुर–सुर्खेत १ सय ३२ केभी विधुत बिस्तार हुने, आयोजनामा एक अर्ब ८० करोड लागत लाग्ने अनुमान

<p>काठमाडाैं । कोहलपुर–सुर्खेत विद्युत प्रसारण लाइनको क्षमता विस्तार गरिने भएको छ । लामो समयदेखि चर्चा भए पनि अलपत्र पर्दै आएको १३२ केभी विद्युत प्रसारण लाइन विस्तार योजना अब भने अघि बढ्ने भएको हाे। आयोजनाको वातावरणीय प्रभाव मूल्यांकन (ईआइए) सम्पन्न भएसँगै क्षमता विस्तार कार्य अघि बढ्ने बाटो खुलेको हो । नेपाल विद्युत प्राधिकरणको वातावरण तथा सामाजिक [&hellip;]</p>

काठमाडाैं । कोहलपुर–सुर्खेत विद्युत प्रसारण लाइनको क्षमता विस्तार गरिने भएको छ । लामो समयदेखि चर्चा भए पनि अलपत्र पर्दै आएको १३२ केभी विद्युत प्रसारण लाइन विस्तार योजना अब भने अघि बढ्ने भएको हाे। आयोजनाको वातावरणीय प्रभाव मूल्यांकन (ईआइए) सम्पन्न भएसँगै क्षमता विस्तार कार्य अघि बढ्ने बाटो खुलेको हो ।

नेपाल विद्युत प्राधिकरणको वातावरण तथा सामाजिक अध्ययन विभागले आयोजनाले पार्ने वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदन तयार पारेको छ । प्रतिवेदन अनुसार आयोजना बाँकेको कोहलपुर सव–स्टेशनबाट प्रारम्भ भइ सुर्खेत जिल्लाको वीरेन्द्रनगरस्थित प्रस्तावित सुर्खेत सव–स्टेशनमा गएर टुङ्गिने छ । प्रस्तावित प्रसारण लाइन आयोजनाको लम्बाई करिब ५१ किलोमिटर हुनेछ भने डबल सर्किटको हुने प्रतिवेदनमा उल्लेख गरिएको छ ।

आयोजनाको कुल लम्बाई करिब ५१.४६२ किलोमिटर रहने छ । एंगल टावरहरू २६ वटा रहने छन् भने आयोजनाको कुल टावरहरूको संख्या एक सय ४५ वटा रहने जनाइएको छ । सुर्खेतमा रहने सव–स्टेशनको क्षेत्रफल ३.७२४९ हेक्टर रहने छ । आयोजनाको अनुमानित लागत एक अर्ब ८० करोड लाग्ने जनाइएको छ ।

प्रस्तावित वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदन अनुसार यस आयोजना क्षेत्रको उचाईगत फरक एक सय ६० मिटरदेखि एक हजार एक सय १५ मिटरसम्म रहेको छ । आयोजना प्रदेश नं. ५ को बाँके, बर्दिया तथा कर्णालीको सुर्खेतभित्र अवस्थित रहनेछ । यस आयोजनाबाट तीन जिल्लाहरूका पाँच नगरपालिका तथा एक गाउँपालिका प्रभावित हुने जनाइएको छ ।

जसमा बाँकेको कोहलपुर नगरपालिका र बैजनाथ गाउँपालिका, बर्दियाको बाँसगढी नगरपालिका तथा सुर्खेतको भेरीगंगा, लेकवेशी तथा वीरेन्द्रनगर नगरपालिकाहरू प्रभावित हुने ईआईए प्रतिवेदनमा उल्लेख गरिएको छ ।  १३२ केभी विद्युत प्रसारण लाइन विस्तार नहुँदा सुर्खेतसहित कर्णालीवासीले सास्ती भोग्दै आएका छन् । कोहलपुर–सुर्खेत ३३ केभीए प्रसारण लाइन २०४५ सालमा विस्तार गरिएको हो । 

 

Share News