त्रिभुवन विमानस्थलबाट डेढ किलो सुनसहित ३ जना पक्राउ

<p>काठमाडौँ । कतारबाट काठमाडौँ ओर्लिएका नेपाली त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट डेढ किलो सुनसहित पक्राउ परेका छन्। हिमालय एयरलाइन्समार्फत काठमाडौं आएका तनहुँका होमबहादुर गुरुङ डेढ किलो सुनसहित पक्राउ परेका हुन् । गुरुङ मसला पिँध्ने ओखलमा लुकाएर डेढ किलो सुन ल्याएको अवस्थामा पक्राउ परेका हुन् । उक्त सुन लिन विमानस्थल पुगेका मोरङ पथरीका अनिल लुइँटेल र भोजराज घिमिरे [&hellip;]</p>


काठमाडौँ । कतारबाट काठमाडौँ ओर्लिएका नेपाली त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट डेढ किलो सुनसहित पक्राउ परेका छन्।

हिमालय एयरलाइन्समार्फत काठमाडौं आएका तनहुँका होमबहादुर गुरुङ डेढ किलो सुनसहित पक्राउ परेका हुन् । गुरुङ मसला पिँध्ने ओखलमा लुकाएर डेढ किलो सुन ल्याएको अवस्थामा पक्राउ परेका हुन् ।

उक्त सुन लिन विमानस्थल पुगेका मोरङ पथरीका अनिल लुइँटेल र भोजराज घिमिरे पनि पक्राउ परेको प्रहरी श्रोतले जानकारी दिएको छ ।

Share News