काठमाडौं। सिंगापुरमा १४ दिनको उपचारपछि प्रधानमन्त्री केपी शर्मा ओली स्वेदश फर्किएका छन्। प्रधानमन्त्री ओली सिङ्गापुरस्थित नेशनल युनिभर्सिटी हस्पिटलमा स्वास्थ्योपचार गरी शुक्रबार दिउँसो १२ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पुगेका हुन्।
प्रधानमन्त्रीलाई स्वागत गर्न रक्षामन्त्री ईश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापा, परराष्ट्र मन्त्री प्रदीप ज्ञवाली, सभामुख कृष्णबहादुर महरासहित सरकारका उच्च तहका पदाधिकारीहरु विमानस्थलमा पुगेका थिए।
ओलीको सिंगापुरमा ‘प्लाज्माफेरिसस’ को उपचार विधिबाट मिर्गौलाको उपचार गरिएको थियो। दिन बिराएर गर्नुपर्ने प्लाज्माफेरेसिस उपचार विधि बुधबार सकिएको थियो।