साधारण शेयर निष्कासन गर्दै ज्योति लाइफ, ६६ करोडको आईपीओ आउने, साधारणसभा कहिले ?

<p>काठमाडौं । आईपीओ जारी गर्ने प्रस्तावसहित ज्योति लाइफ इन्स्योरेन्सले साधारणसभा बोलाएको छ । असोज १२ गते बिहान ११ बजे पोखरामा बस्नेगरी उक्त साधारणसभा बोलाइएको हो । साधारणसभामा अघिल्लो आर्थिक वर्षको लेखापरीक्षण प्रतिवेदन पारित गर्ने, आगामी आर्थिव वर्षको लागि लेखापरीक्षक नियुक्त गर्ने साधारण प्रस्तावका अतिरिक्त आईपीओ निष्कासन गर्ने, सञ्चालकहरुको तलबभत्ता पुनरावलोकन गर्ने र नियामकको निर्देशनबमोजिम प्रबन्धपत्र [&hellip;]</p>

काठमाडौं । आईपीओ जारी गर्ने प्रस्तावसहित ज्योति लाइफ इन्स्योरेन्सले साधारणसभा बोलाएको छ । असोज १२ गते बिहान ११ बजे पोखरामा बस्नेगरी उक्त साधारणसभा बोलाइएको हो ।
साधारणसभामा अघिल्लो आर्थिक वर्षको लेखापरीक्षण प्रतिवेदन पारित गर्ने, आगामी आर्थिव वर्षको लागि लेखापरीक्षक नियुक्त गर्ने साधारण प्रस्तावका अतिरिक्त आईपीओ निष्कासन गर्ने, सञ्चालकहरुको तलबभत्ता पुनरावलोकन गर्ने र नियामकको निर्देशनबमोजिम प्रबन्धपत्र र नियमावलीमा केही संशोधन गर्नुपर्ने अवस्था भए त्यस्तो संशोधन गर्ने प्रस्ताव पारित हुनेछ ।

हाल १ अर्ब ५४ करोड चुक्तापुँजी भएको ज्योति लाइफले संस्थापक र सर्वसाधारण समूहको शेयर हिस्सा कम्तीमा ७०ः३० पुर्याउन कम्तीमा ६६ करोड रुपैंया बराबरको ६६ लाख कित्ता आईपीओ जारी गर्नुपर्नेछ, यसो गर्दा उसको चुक्ता पुँजी २ अर्ब २० करोड पुग्नेछ ।

Share News