
काठमाडौं । नेपाल राष्ट्र बैंकले डेबिट वा क्रेडिट कार्डको प्रयोग गरी हुने भुक्तानीको सीमा घटाएको छ । कार्डमार्फत् हुने भुक्तानीमा समस्या देखिएपछि नेपाल राष्ट्र बैंकले त्यस्तो कदम चालेको हो । अब एटीएम कार्ड प्रयोग गरी एक पटकमा २० हजार र पटकपटक गरी दिनको ६० हजार रुपैंयासम्म पैसा निकाल्न सकिन्छ । पहिले यो सीमा एक पटकमा २५ हजार र एक दिनमा १ लाख रुपैंयासम्म थियो ।
त्यस्तै, फरक बैंकको एटीएम प्रयोग गरी रकम निकाल्नेको हकमा एक पटकमा न्यूनतम ५०० देखि अधिकतम २० हजार रुपैंयासम्म रकम निकाल्न सकिने राष्ट्र बैंक भुक्तानी प्रणाली विभागका कार्यकारी निर्देशक बमबहादुर मिश्र हस्ताक्षरित परिपत्रमा उल्लेख गरिएको छ ।
